गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं महाधिवेशन तथा विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला, हाम्रा युवा र दोश्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ ।

सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । चार दिनसम्म चल्ने महाधिवेशनमा संघको भिजन २०२०, भूकम्प पछिको पुनर्निर्माण, गैरआवासीय नेपालीको लगानी लगायत विषयमा छलफल हुनेछ ।

महाधिवेशनमा समृद्व नेपाल निर्माणका लागि एनआरएनएहरुको भुमिकाका विषयमा छलफल हुने छ । नयाँ नेतृत्वका लागि भने सोमबार मतदान गर्ने कार्यक्रम रहेको गैरआवासय नेपाली संघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);