एनआरएनएको अध्यक्षमा कुल आचार्यकाे उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एनआरएनएको अध्यक्षमा कुल आचार्यकाे उम्मेदवारी घोषणा

काठमाडौं, २७ असोज । गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । उपाध्यक्ष आचार्यले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि संघको आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

उहाँले संघलाई सम्पुर्ण गैह्र आवासिय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महसुस गर्ने संघ बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारीसंगै १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गर्नुभएको छ ।

उहाँले झन्झटमुक्त गैह्र आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एण्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सार्नुभएको छ ।

उहाँले संसदमा विचाराधीन गैह्रआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पुर्ण गैह्र आवासीय नेपाली समुदायको चाहाना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । यसअघि, कुमार पन्तले पनि संघको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । गैह्र आवासीय नेपाली संघको ९ औँ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);