अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्छ : उपराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्छ : उपराष्ट्रपति

NANDA-PUN

काठमाडौं, २७ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्ने बताउनुभएको छ ।

राजधानी काठमाडौंमा आयोजित मगरहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेकाले प्राप्त अधिकारलाई संस्थागत र संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले संविधान गतिशिल दस्तावेज भएकाले जनजातिको बाँकी अधिकारका लागि समय सन्दर्भ अनुसार संविधानमा समावेश गर्दै लैजान सकिने भन्दै अपुग भएका कुराहरु पुरा हुँदै जानेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विश्वभर छरिएर रहेका नेपाली मगर समुदायलाई मगर जातिको पहिचान बचाईराख्न आग्रह गर्नुभयो । भाषा र पहिचान भनेको गौरवको विषय भएको भन्दै उहाँले “म को हुँ ?” भन्ने मनोविज्ञान बचाई राख्नु नै महत्वपुर्ण भएको बताउनुभयो ।

उहाँले विश्वभर मगर समुदायका नेपालीले उल्लेखनिय काम गरेर चर्चामा आएको दृष्टान्त दिँदै मगर समुदायका ‘रोलमोडल’ लाई हेरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

विभिन्न देशबाट आएमा मगर समुदायका प्रतिनिधि र सहभागीहरुले आ–आफु कार्यरत रहेको देशमा आफुले गरेका कामहरुको बारेमा पनि छलफल गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);