'चिनियाँ राष्ट्रपति सीको सुझाब सकारात्मक र समय सान्दर्भिक' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘चिनियाँ राष्ट्रपति सीको सुझाब सकारात्मक र समय सान्दर्भिक’

तेजना पण्डित
काठमाडौं, २७ असोज । नेपालको राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपाका नेताबीच भएको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले दिनु भएको सुझाव नेकपा भित्र चर्चाका विषय बनेको छ ।

आइतवार चिनियाँ राष्ट्रपति सी र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपाका शिर्ष नेताहरुसँग आइतवार भेट वार्ता भएको थियो । भेट वार्ताका क्रममा नेपालको समृद्धि र बिकासमा चिनको सहयोग, एक चिन नीतिमा नेपालको प्रतिबद्धता, दुइ पार्टी बिचको सम्बन्ध लगाएतका बिषयमा छलफल भएको नेकपाका नेताहरुको भनाई छ ।

नेकपाका नेताहरुसँगको भेटमा कम्युनिष्ट पार्टीले शासन चलाउने हो भने आफैभित्र स्वच्छता र शुसासन कायम गर्नुपर्ने, भ्रष्ट्राचार रोक्नु पर्ने लामो समय शासन गर्नका लागी जनताको सेवामा खटिनुपर्ने चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव भएको र त्यही अनुभव नेपालका कम्युनिष्ट पार्टीहरुले पनि सिक्नुपर्ने उहाको सुझाब रहेको थियो ।

जनचाहना अनुसार काम गर्न नसकेको भ्रष्ट्राचार बढेको, करको दर बढेको नेताहरु बिलाशी जिबन जिउनका लागी परेको आरोप आम नागरिक देखी स्वयंम नेकपाका नेताहरुले पनि लगाउँदै आएका छन् ।

यस्तो अवस्थामा चिनियाँ राष्ट्रपति सीले शुसान र आत्म अनुशासनका बिषयमा सक्तारुढ दल नेकपाका नेताहरुलाई दिएको सुझाब सकारात्मक र समय सान्दर्भिक भएको नेकपाका य्ुवा नेताहरुको बुझाई छ ।

एकतर्फ सरकारप्रति आम नागरीकको निराशा बढ्दै गइरहेको अवस्था छ भने अर्कोतर्फ नेकपा गठन भएको १६ महिनासम्म पनि पार्टी एकताले पुर्णता पाउन सकेको छैन ।

केन्द्रीय कमिटीको बैठक हालसम्म पनि बस्न सकेको छैन । स्थायी कमिटि बैठक बस्न नसकेको पनि महिनौ बितिसकेको छ । यस्तो अवस्थामा जनताका साथै कार्यकर्ता समेत निराश बन्दै गएका छन्।

यो कुरा छिमेकी राष्ट्र चिनका राष्ट्रपतिले बुझेका कारण पनि नेकपाका नेताहरुलाई यस किसिमको सुझाव आएको नेता रामकुमारी झाँक्रीको भनाई छ ।

नेपालमा कम्युनिष्ट नेताहरुको बढ्दो बिलाशी जिबन शैली अहिले सर्वत्र आलोचित छ । चिल्ला गाडी, आलिशान महल, नियमित विदेश भ्रमण, अवसरमा नातावाद र क्रिपावाद पछिल्लो समय कम्युनिष्ट नेताहरुको आचरण देखिन्छ । जसरी हुन्छ कमाउनु र आराम गर्नुमा पनि नेताहरु लिप्त भएको देखिन्छ ।

नेताहरुको यिनै आचरणका कारण पार्टी र सरकार बदनाम भएको भनेर तिनै पार्टीका नेताहरुले बताउँदै आएका छन् । यिनै परिदृष्यमा नेपाल भ्रमणमा रहंदा चिनियाँ राष्ट्रपति सीले नेताहरुलाई सादा जीवनशैली अपनाउन सुझाव दिनु भयो । यसलाई गम्भिरताका साथ लिइ जनचाहना अनुसार काम गर्नुपर्ने राजनीतिक बिश्लेषक डा.सुरेन्द्र केसीको भनाइ छ ।

पछील्लो समय नेपालका कम्युनिष्टहरु शैद्धान्तिक र बैचारीक रुपमा कमजोर हँुदै गएको भनेर पार्टी भित्रबाट बेला बेलामा आवाज उठिरहेको छ । यो अवस्थामा चिनका राष्ट्रपति सी आउनु अघि नेकपाले सि बिचारधारा माथी चिनका कम्युनिष्ट नेताहरुसँग बहस चलाएको थियो ।

आइतवार नेकपाका नेताहरुसँगको भेट वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिले नेताहरुलाई सादा जीवन अपनाउन र विलासी नबन्न सुझाव दिनु भएको थियो । भ्रष्टाचारको अन्त्य गर्न पनि सुझाव दिनु भएको थियो । यो सुझावलाई नेकपाका नेताहरुले कसरी लिनु भएको छ ? र नेताहरुले यसलाई कार्यान्वयन गर्लान त ? त्यो भने हेर्न बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);