चिनियाँ राष्ट्रपति नेपाल आउने विषय राष्ट्रिय मिसन: योगेश भटृराई, मन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

चिनियाँ राष्ट्रपति नेपाल आउने विषय राष्ट्रिय मिसन: योगेश भटृराई, मन्त्री

yogesh-bhattrai

काठमाडौँ, २२ असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति तय भएसंगै पाहुनाको स्वागतको तयारी तिब्र भएको छ । सीको राजकीय भ्रमणका लागि सुरक्षा व्यवस्था अनि स्वागतका अन्य पक्षमा जोडतोडका साथ तयारी भइरहेको छ । सी को भ्रमणलाई उपलब्धीमुलक बनाउन नेपालले मैत्री संबन्धलाई गहिरो बनाउदै सहयोगका क्षेत्रलाई व्यापक बनाउन सक्नु पर्ने आवाज उठिरहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते शनिबार दुईदिने नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी नेपाल आउन लागेका हुन् । नेपालमा चिनियाँ पर्यटक आगमन संख्या उच्च रहेको र भ्रमण वर्ष २ हजार २० नजिकिँदै गर्दा हुन लागेको सीको भ्रमणबाट पर्यटन वर्षको योजनालाई समेत सहयोग पुग्ने कुरामा कसैको २ मत हुन सक्दैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई यो भ्रमणबाट नेपालको पर्यटन विकासमा ठुलै योगदान पुग्ने विश्वास गर्नुहुन्छ ।

चिनियाँ राष्ट्रपति नेपाल आउने विषय राष्ट्रिय मिसन भएको र यसले नेपालको पर्यटन प्रवर्धनलाई उचाईमा पु¥याउने हुँदा गुणस्तरिय पर्यटक भित्र्याउने योजना सहित मन्त्रालय लागि परेको मन्त्री भट्टराईले बताउनुभयो ।

यो समयमा पर्यटन प्रवर्धनका सवालमा कुनै ठोस योजनामा हस्ताक्षर नहुने तर भावी समयमा मार्ग खुल्ने गरि भ्रमणले फाइदा पु¥याउने मन्त्री भ्टराईको भनाई छ ।

नेपाल एक चीन नितिको पक्षमा दृढ रहेको बताउँदै मन्त्री भट्टराईले चिन विरोधी गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्था गरिएको बताउनुभयो । सी को नेपाल भ्रमण अन्तराष्ट्रिय समुदायको समेत चासोको विषय भएको हुँदा चिन बाहेक बाह्य देशमा समेत नेपालको जानकारी हुने र यहाँको कला, संस्कृति, पर्यटनका क्षेत्रको प्रवर्धनमा सहयोग पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);