भिरबाट खसेर मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भिरबाट खसेर मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु, एक घाइते

इलाम, ११ असोज । शनिबार दिउँसो इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ । इलाम नगरपालिका ५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरिक्षक रबि मगरको दुर्घटनामा परी मृत्यु भएको हो ।

को १ ब २२८८ नम्बरको मोटरसाइकलमा इलामको बरबोटेबाट सुम्बेकतर्फ जाँदै गरेका उनको छाँगेखोला भन्ने ठाउँमा दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सुम्बेकमा झगडा भएको घटना थाहा पाएर त्यसतर्फ जाँदै गरेका उनको भिरबाट मोटरसाइकल खसेर मृत्यु भएको जनाइएको छ । हिलो बाटो भएका कारण चिप्लिएर मोटरसाइकल झरेको वताइएको छ ।

प्रहरी सहायक निरिक्षक मगरको स्थायी घर इटहरी उपमहानगरपालिका १ सुनसरीमा रहेको छ । उनीसँगै मोटरसाइकलमा सवार रामसेवक मोचे घाइते भएका छन् । उनको हाल इलाम अस्पतालमा उपचार गराइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);