अनुगमन र नियन्त्रण नहुँदा नेपालमा लिडको प्रयोग बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अनुगमन र नियन्त्रण नहुँदा नेपालमा लिडको प्रयोग बढ्दै

lead products

विनिता केसी
काठमाडौं, १० असोज । पछिल्लो समय विभिन्न किसिमका केमिकल युक्त सौन्दर्यताका समाग्रीको प्रयोग गर्ने प्रचलन बढ्दो छ । तर यसमा प्रयोग हुने केमिकल र यसले पार्ने प्रभावको बारेमा भने खासै ध्यान गएको देखिंदैन । चिकित्सकहरुका अनुसार लिडको बढ्दो प्रयोगले, मानिसको स्नायु तथा मृगौला लगायतका अंगमा जटिल समस्या ल्याउने छ ।

सन् १९९७ मा अमेरिकामा पत्ता लागेका लेड ६००० वर्षदेखि प्रयोगमा आइरहेको छ । विश्व बजारमा लिडको प्रयोग कम गर्न अनुसन्धान तथा रोकथामका उपायहरुको खोजी भइरहेको समयमा नेपालमा भने यसको प्रयोग बढ्दो देखिएको छ । धरान, बीरगन्ज र राजधानीमा गरिएको एक अनुसन्धानले यसको प्रयोग बढ्दै गएको देखिएको छ ।

नेपालमा एक जना व्यक्ति बराबर आधा टन जति लिड खपत हुने गरेको बताइएको छ । लिड शरीरमा खाना र स्वासबाट मानिसको शरीरमा प्रवेश गर्छ । यसले बच्चाको आइक्युमा ह्रास ल्याउनुका साथै एनिमिया, मिर्गाैलाको समस्या, स्नायु प्रणालीमा असर ल्याउने चिकित्सकको भनाई रहेको छ ।

नेपालमा प्रयोग हुने सौन्दर्य सामाग्रीमा धेरै लिडको प्रयोग हुने भएकोले कमसल गुणस्तरका सौन्दर्य सामाग्रीको प्रयोग कम गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

नेपालमा प्राय गरेर भारत र चीनबाट यस्ता किसिमका सामग्रीहरु आयत हुने गर्दछन् । उत्पादन मिति, अस्पस्ट नाम र भाषामा आउने यस्ता कस्मेटिक्स बजारमा छ्यापछ्याप्ती पाइन्छन । अनुगमन र नियन्त्रण नहुँदा यस्ता किसिमका गुणस्तरहीन र नक्कली कस्मेटिक्सको बजार बढेको चिकित्सकको भनाई रहेको छ ।

यूरोप र अफ्रिकी देशहरूले मर्करी भएका कस्मेटिकलाई पूर्ण निषेध गरेका छन् भने विश्व स्वास्थ्य संगठन डब्लुएचओले मर्करीले मिर्गौला बिगार्नुको साथै रोग प्रतिरोधात्मक क्षमता घटाउने हुँदा प्रयोगमा नल्याउन आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);