विमानस्थलको शिलान्यास अघि नै टाँगिया बस्तीको व्यवस्थापन गर्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विमानस्थलको शिलान्यास अघि नै टाँगिया बस्तीको व्यवस्थापन गर्न स्थानीयको माग

बारा, ८ असोज । बारामा निर्माण हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको शिल्यान्यास अघि नै टाँगिया बस्तीको व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

टाँगियाबस्ती सरोकार समितिले बुधवार पत्रकार सम्मेलन गर्दै बस्तीको व्यवस्थापन गर्न माग गरेको हो । विमानस्थल निर्माणको मुख्य भू–भागमा रहेको टाँगियाबस्ती सार्ने आश्वासन पाए पनि शिल्यान्यास अघि आफूहरुको व्यवस्थापन नहुने देखेपछि त्यहाँका स्थानीयहरुले सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

स्थानीय सरकारको रुपमा रहेको उपमहानगरपालिका र दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनालाई बस्ती स्थानान्तरण नगरी शिल्यान्यास नगर्न माग गरेको टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले बताउनु भयो ।

जीतपुरसिमरा वडा नं.१६ का वडाध्यक्ष केदार प्रसाद बजगाइँले भने टाँगियाका बासिन्दाको न्यायोजित व्यवस्थापनमा पनि संघीय सरकार गम्भिर बन्नु पर्ने बताउनु भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले बिमानस्थलको आउने मंसिर मै शिलान्यास गर्ने घोषणा गरेपछि बिमानस्थल क्षेत्र भित्र पर्ने १ हजार चार सय ७६ घरधुरीको उचित व्यवस्थापनका बिषयमा टाँगियाबासी चिन्तित बनेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);