बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह 

काठमाडौं । नुवाकोटका स्थानीयले सरकारसँग बञ्चरेडाँडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा काठमाडौं आएको नुवाकोटको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो आग्रह गरेको हो । स्थानीय बासिन्दाले फोहररहित मानव बस्तीको अवधारणाअनुरूप फोहोर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन् । 

प्रतिनिधिमण्डलले नुवाकोटको जल्दाबल्दा समस्या तुरुन्त समाधान गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकोे भेटमा डा.महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषयलाई राखेका थिए ।

उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको औंल्याए ।पूर्वमन्त्रीसमेत डा.महत ककनीमा कांग्रेसले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएर फर्कदा स्थानीयले फोहोरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पु¥याउन अनुरोध गरेका थिए ।

ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाँउपालिकामा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ । नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका माग तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);