पक्की पुलको माग गर्दै बैतडी जिल्ला प्रशासन अगाडी १६ दिनदेखि अनसन | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

पक्की पुलको माग गर्दै बैतडी जिल्ला प्रशासन अगाडी १६ दिनदेखि अनसन

बैतडी, ६ असोज । नेपाल भारत सिमा नाका बैतडीको जुलाघाटमा पक्की पुलको माग गर्दै बैतडी जिल्ला प्रशासन अगाडी १६ दिनदेखि अनिश्चितकालीन रिले अनसन सञ्चालनमा रहेको छ ।

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर वहादुर चन्दको अध्यक्षतामा गठित संघर्ष समितिले भाद्र २२ गतेदेखि रिले अनसन सुरु गरेको हो ।

दुई दशकदेखि नाकामा पक्की पुल बनाउन माग गर्दै आएका बैतडी वासीले प्रधानमन्त्री र भारतीय राजदुतावासमा समय समयमा ज्ञापनपत्र दिए पनि कसैले सुनुवाई नगरेको भन्दै संघर्ष समितिले रिले अनसन सुरु गरेको हो ।

संघर्ष समितिले रिले अनसन थालेको १६ दिन बितीसक्दा पनि सरकारी पक्षबाट अनसन समितिसंग आधिकारिक रुपमा कुनै किसिमको सम्पर्क तथा समन्वय गरेको छैन । जिल्ला स्थितका सरोकारवाला निकायहरुको सहकार्य तथा समन्वयमा रिले अनसनको आयोजना गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);