तस्करीको सुन हामी किन्दैनौँः अध्यक्ष मोहनकुमार सुनार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दाङ, २५ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारले तस्करी र चोरी गरी ल्याएको सुन व्यवसायीले कहिल्यै नकिनेको दाबी गरेका छन् ।

 

दाङमा आयोजित कार्यक्रममा अध्यक्ष सुनारले ठूलो मात्रामा तस्करीको सुन नेपाल भित्रिएको घटनालाई लिएर व्यवसायीमाथि शंका गर्न थालिएको बताए । तर, व्यवसायीले आवश्यक सुन राज्यको निकायबाटै आधिकारिक रुपमा किनेर ल्याउने गरेको उनको भनाइ छ ।

 

उपभोक्तालाई गुणस्तरीय, शुद्ध र स्वच्छ सुनचाँदी दिन महासंघ प्रतिबद्ध रहेको अध्यक्ष सुनारको भनाइ छ । सरकारले तत्काल बजार निर्देशिका जारी गरे त्यसैअनुसार व्यवसाय गर्न आफूहरु तयार रहेको उनले प्रष्टिकरण गरेका थिए । महासंघका अनुसार नेपालमा वार्षिक ३० अर्बको सुन खपत हुन्छ । सुनचाँदी व्यवसायमा २५ हजार व्यवसायी आबद्ध रहेको र पाँच लाख युवाले रोजगारी पाइरहेको अध्यक्ष सुनारले जानकारी दिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);