बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल

KP-oli-Prachanda-Shre-br-deuwa

काठमाडौं, ३० भदौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग दुई घण्टा छलफल गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पनि उपस्थित थिए ।

प्रधानमन्त्रीसँग भएको बैठक बाँके घटना, नागरिकता विधेयकलगायतका विधेयकहरूलगायतमा केन्द्रित रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बाँके घटना, नागरिकतालगायत विधेयकमा राष्ट्रिय सहमतिअनुसार अघि बढ्न प्रधानमन्त्रीसँग संवाद भयो,’ शर्माले भने, ‘बाँके घटनाका दोषीलाई तत्काल कारबाही सुरू गर्न र सहमतिअनुसार नै विधेयक अघि बढाउन हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं। प्रधानमन्त्रीसँगको भएको बैठकलाई कांग्रेसले जागरण अभियान अन्तर्गत सामाजिक संवादको कार्यक्रम अनुसार नै गरिएको बताएको छ ।

ताजा समाचार