कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ

पौष २६ शुक्रबार
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तलमाथि नहुने बताएका छन ।सिंहदरबारमा पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको ७ बुँदे सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने बताएका हुन।

संविधान संशोधनका लागि पूरा गर्नुपर्ने प्रक्रिया लामो हुनसक्ने भएकाले केही समय लाग्नसक्ने सङ्केत प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भनाइले अभिव्यक्त गरेको हुन सक्ने प्रवक्ता गुरुङको भनाइ छ ।प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि यो विषयमा अरू दलहरूसँग छलफल हुने उल्लेख गरे ।

गएको मङ्गलवार प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा संसद्को अहिलेको कार्यकालमा दुई तिहाइ नपुगे २०८७ सालमा संविधान संशोधन हुने बताएका थिए ।

Leave a Reply