ललितपुर, २९ भदौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्विकार्य नहुने बताउनु भएको छ ।
आइतबार ललितपुरमा आयोजित रोड एण्ड बेल्ट इनिसियटिभ बिषयक बिचार गोष्टीमा पराष्ट्रमन्त्री ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेश नीतिलाई अघि बढाएको भन्दै त्यसमा तलमाथि हुन नदिने दृढता पनि व्यक्त गर्नु भयो ।
मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग बिषयगत बहस गरेपनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको बताउनु भयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल– चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको पनि बताउनु भयो ।