काठमाडौं, २२ भदौ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले बंगलादेशलाई दुई सय ६२ रनको लक्ष्य दिएको छ । कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६१ रन बनायो ।
नेपालका लागि राम्रो सुरवात दिलाउन रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर ओपनर रित गौतम व्यक्तिगत ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । नेपालका लागि पवन सर्राफले सर्वाधिक ८१ रन बनएका थिए । त्यस्तै सन्दिप जोराले बिस्फोटक ब्याटिङ गर्दै ३७ बलमा ५६ रन बनाए ।
त्यस्तै रित गौतम ३२, कुशल मल्ल २८, भिम सार्कि २१ तथा कप्तान रोहित कुमार पौडेल १४ रनमा पेभिलिएन फर्किएका थिए । पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको
नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दवाव रहेको छ ।