शारीरिक अशक्ततालाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै ह्वीलचियर बास्केटबल खेलाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

शारीरिक अशक्ततालाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै ह्वीलचियर बास्केटबल खेलाडी

wheelchair basketball

सुजन चालिसे

काठमाडौं, २२ भदौ । नेपाली समाजमा शारीरिक अशक्तता भएका मानिसहरुलाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक पाइँदैन । अशक्त व्यक्तिहरु कुनै काममा पनि सक्षम हुँदैनन् भन्ने नकारात्मकता समाजमा व्याप्त छ । यस्ता नकारात्मकतालाई चिर्दै शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि अन्य व्यक्तिहरुजस्तै सक्षम छन् भन्ने कुरालाई सावित गरेका छन् ह्वीलचियर बास्केटबल खेलाडीहरुले ।

शारीरिक अशक्तता कसैको पनि क्षमता र दक्षताको बाधक बन्न सक्दैन । यहि कुरालाई नेपालका ह्वीलचियर बास्केटबल खेलाडीहरुले साबित गरेको छन् । ह्वीलचियरमा बसेर पनि सक्षम व्यक्तिहरुले जस्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रुपमा खेलिरहेका यी खेलाडीहरु आफुजस्तै अन्य व्यक्तिहरुका लागि प्रेरणा बनिरहेका छन् ।

शारीरिक रुपमा अशक्त व्यक्तिहरुले पनि खेलकुद तथा अन्य क्रियाकलापहरुमा खुलेर प्रतिस्पर्धा गर्न सक्दछन् भन्ने कुरालाई प्रमाणित गर्न आफुहरुले बास्केटबल खेलिरहेको उनिहरु बताउँछन् । आफ्नो खेलको माध्यमबाट समाजमा अशक्त व्यक्तिहरुप्रति व्याप्त नकारात्मकता हटाउने प्रयास गरिरहेको खेलाडीहरु बताउँछन् ।

नेपाली समाजको यस्तो वातावरणमा रहेर आफुलाई प्रमाणित गर्ने अवसर पाउँदा खेलाडीहरु पनि खुसि छन् । तर, आफुहरुको अनुकुलताको लागि सरकार र सम्बन्धित पक्षबाट कुनै सहयोग प्राप्त नभएको उनिहरुको गुनासो रहेको छ ।

समाजमा रहेका शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई सम्मानका साथ समुदायमा रहनका लागि उनिहरुमा रहेको प्रतिभाहरु बाहिर ल्याउन जरुरी छ । जसका लागि विभिन्न संघ संस्थाहरु तथा स्थानिय रुपमा आयोजना हुने प्रतियोगिताहरु महत्वपुर्ण हुन्छन् । सरकारले पनि शारीरिक अशक्तता भएका व्यक्तिहरुका लागि उचित नीति नियमहरु बनाउँदै उनिहरुको क्षमता अभिबृद्धि गर्नु जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);