स्कुल र कलेजमा बास्केटबल खेल लोकप्रिय बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्कुल र कलेजमा बास्केटबल खेल लोकप्रिय बन्दै

किशन भण्डारी

काठमाडौं, २१ चैत । पछिल्लो समय स्कुल र कलेजहरुमा बास्केटबल खेल लोकप्रिय बनेको छ । स्कुल, कलेज तथा क्लबस्तरीय बास्केटबल प्रतियोगिता पनि भइरहेका छन् ।

त्यसो त नेपाली बास्केटबल टोलीले विश्वकपमा समेत सहभागिता जनाइसकेको छ । तर, सरकारी वेवास्ताका कारण बास्केटवल खेल ओझलमा परेको सरोकारवालाहरुको गुनासो छ ।

नेपालमा बास्केटबल खेलको इतिहास ६ दशक भन्दा लामो छ । लामो इतिहास बोकेको बास्केटबलमा नेपालले अन्तर्राष्ट्रिय स्तरका विभिन्न पदक समेत हासिल गरिसकेको छ । दक्षिण एसियामै बास्केटबलले नेपालमा सबै भन्दा बढि लोकप्रियता पाएको छ ।

विश्वकपमा समेत सहभागिता जनाइसकेको नेपाली बास्केटबल अहिले स्कुल, कलेज र क्लबहरुमा मात्र सिमित भएको छ । बास्केटबलको नियमक निकाय नेपाल बास्केट बल संघसमेत पर्याप्त मात्रामा प्रतियोगिता सञ्चालन गर्न नसकेको बताउँछ ।

हालै मात्र डेढ महिना लामो बास्केटबल लिग सम्पन्न भयो । जसमा सुरुदेखि अन्त्यसम्म दर्शकहरुको उत्साहपूर्ण सहभागिता रह्यो । तर, सरकारले बास्केटबललाई हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन नआएका सरोकारवालाहरुको भनाइ छ ।

आवश्यक बजेट र पूर्वाधारको अभावका साथै प्राविधिक पक्ष पनि कमजोर हुँदा बास्केटबलको विकासमा चुनौती रहेको सरोकारवालाको भनाइ छ । तर, बास्केटबलमा चुनौति सँगसँगै त्यतीकै अवसर र सम्भावना रहेको नेपाल वास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पा बताउँछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);