प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुने कमल थापाको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुने कमल थापाको दावी

kamal thapa

गौ हत्याका दोषीमाथि कार्वाही गर्न सरकार संग माग –

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दावी गर्नु भएको छ । अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

चितवनको भरतपुरमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफ्नो गृह जिल्ला मात्र नभई राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कडा कार्वाही गर्न सरकार संग माग गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);