कार्यालय समयमा मोबाईल नचलाउन मन्त्री भट्टराईको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कार्यालय समयमा मोबाईल नचलाउन मन्त्री भट्टराईको निर्देशन

phone nachaula nirdeshan-yogesh

काठमाडौं, १५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा संवाद नगर्न निर्देशन दिनुभएकोे छ ।

आइतबार राजधानीमा आयोजित ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिममा मन्त्री भट्टराईले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पार्नु भयो ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेस बुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कार्वाही गर्न पनि विमानस्थल नेतृत्वलाई निर्देशन दिनु भयो । उहाँले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानवीनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिनु भयो ।

मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पार्नु भयो । प्रशिक्षण ६ दिनसम्म चल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);