सुन प्रतितोला ७२ हजार ५ सय पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सुन प्रतितोला ७२ हजार ५ सय पुग्यो

gold-silver

काठमाडौं, ८ भदौ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो भाउ नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको जनाएको छ । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तराष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी एक तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । चाडपर्व नजिकिएसंगै सुनको मूल्य वृद्धि भएपछि सुन खरीद गर्नेहरु घटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);