ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण

काठमाडाैं, ७ भदाै । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिनुभएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रमगरी कार्यवहाक प्रधानमन्त्री पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

तात्कालिन माओवादी केन्द्रका स्कूल विभाग प्रमुख र नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उहाँले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताउनुभयो । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

स्कूल विभागको जिम्मेवारी लिन धेरैले दाबी गरिरहँदा उपप्रधानमन्त्री पोख्रेलले जिम्मेवारी पाउनुभएको हो । उहाँ एकता अघि तात्कालिन नेकपा एमालेका महासचिव हुनुहुन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);