संविधान कार्यान्वयनमा प्रतिवद्ध हुन पूर्वराष्ट्रपतिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

संविधान कार्यान्वयनमा प्रतिवद्ध हुन पूर्वराष्ट्रपतिको आग्रह

काठमाडौं, ७ भदौ । पूर्वराष्ट्रपति रामवरण यादवले संविधानसभाबाट संविधान जारी हुनु गौरवको विषय भएको भन्दै नेतृत्वमा रहेका दलहरुलाई कार्यान्वयनमा प्रतिवद्ध हुन आग्रह गर्नुभएको छ ।

संविधानसभाका सभासद् प्रेम बहादुर सिंहको ‘संविधान निर्माण घटना र अनुभूति’ पुस्तकको शनिबार राजधानीमा विमोचन गर्दै उहाँले गौरवपुर्ण उपलब्धि रक्षाका लागि सबैले योगदान पुर्याउनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले संविधान २०६२/६३ को जनआन्दोलनको उपलब्धि मात्रै नभई ७ दशक देखिको जनताको लगानीको प्रतिफल भएको बताउनुभयो । विभिन्न जात, जाति धर्म र संस्कृति सहितको विविधता युक्त समाज भएका कारण संविधानले सबैको चाहाना र माग पुरा गर्न नसक्नु स्वभाविक भएको तर्क गर्नुभयो । पुर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कयौ अदृश्य दबाब पनि झेल्नुपरेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा तात्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानमा देखिएको असन्तुष्ठी सम्बोधन गर्नका लागि सरकारले प्रयास गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “विश्वमा असन्तुष्ठी नभएको कुन संविधान छ ? हामी असन्तुष्ठीलाई सम्बोधन गर्नका लागि प्रयास गरिरहेका छौ । यस तर्फ हामी प्रयासरत रहनुपर्छ । ”

उहाँले संविधानमा असन्तुष्ठी जनाएका र वहिष्कार गरेका दलहरु पनि संविधान कार्यान्वयनको प्रक्रियामा समेटिनुलाई संविधान कार्यान्वयको सफलता भएको टिप्पणी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);