काठमाडौँका अधिकांश पार्टी प्यालेस तिज कार्यक्रमका लागि अग्रिम बुकिङ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँका अधिकांश पार्टी प्यालेस तिज कार्यक्रमका लागि अग्रिम बुकिङ

काठमाडौं, ७ भदौ । तिज आउन अझै १० दिन बाँकि छ । तर शहर र शहर उन्मुख क्षेत्रमा भने तीजले छोपी सक्यो । पछिल्लो समय तिज पार्टी प्यालेस र होटलका ठुला हलहरुमा खुम्चिएको छ ।

तिज संस्कृतिको निरन्तरता र धार्मिक विश्वास मात्र रहेन सामाजिक बिकृतिको रुपमा बढ्दै गएको छ । यो क्रम अझै बढ्दो छ । काठमाडौँका अधिकांश साना ठुला पार्टी प्यालेस तिज कार्यक्रमका लागि अग्रिम बुकिङ्गमा छन् ।

तीजले बिकृति बढाएको भन्दै विभिन्न जिल्लाका प्रशासन कार्यालय हरुले पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । विभिन्न महिला समूह, आमा समुह, सहकारी, संघसंस्थाले तीजअघि नै दरखाने तिज मनाउने भन्दै विभिन्न कार्यक्रम गरिरहेका छन् प्रशासनले भने रोक्न सकेको छैन ।

यस्ता कार्यक्रमलाई समयमा नियमन नगर्ने हो भने तिज मनाउने नाममा भित्रिएको बिकृति रोक्न नसकिने अवस्थामा पुग्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);