'गाउँ पुगेका मन्त्रीलाई स्थानीयले नियन्त्रणमा लिएपछि' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २४ भदौ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत मतदातासँग भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानियले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ फत्तेपुरमा कांग्रेसका कार्यकर्ता लिएर भोट माग्दै हिडेका मन्त्री सिंहलाई स्थानियले गाडीसहित घेराउ मन्त्रीलाई नियन्त्रणमा लिएका थिए।

बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्त्रीले गाउँमा भोट माग्दै हिडेको देखेपछि स्थानियले नियन्त्रणमा लिएका हुन्।सरकार पक्षबाटै आचारसंहिता उलंघन गरेको भन्दै मन्त्रीलाई स्थानियले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो। आक्रोशित स्थानियले विरोध जनाएपछि फत्तेपुरबाट मन्त्री जीतपुर सिमरा उपमहानगरपालिका १० खेस्रोल पुगेका थिए।

आक्रोसित स्थानीयलाई छलेर खेस्रोल आएका मन्त्रीलाई स्थानियले घेर्दै नियन्त्रणमा लिएपछि प्रहरी पुगेर उद्धार गरेको हो।नियन्त्रणमा परेका राज्यमन्त्री पुनले गृहमन्त्रालयबाट अनुमति लिएर आफू गाउँ आएको बताएका छन्।

स्थानीयले नियन्त्रणमा लिएपछि मन्त्री सिंहले आफ्नो सफाई दिने क्रममा गृहमन्त्रालयसंग अनुमती लिएर आएकाले आफ्नो गल्ती नभएको बताए । मन्त्रीले आफ्नो नभएको बताएपनि स्थानीयले भने आचारसंहिता कुनै पक्षबाट पनि उलंघन गर्न नमिल्ने भन्दै घेराउ गरेका थिए।

स्थानियले घेराउ गरेको सूचना पाएपछि प्रहरीले मन्त्री पुनको उद्धार गरेको हो । आक्रोसित स्थानीयबाट मन्त्रीलाई उद्धार गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले भने बल प्रयोग नगरी स्थानियले घेराउ गरेकै अवस्थामा मन्त्रीलाई उद्धार गरेको बताएका छन्।

ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले स्थानियले विरोध जनाउन थालेपछि प्रहरी पुगेर मन्त्रीको उद्धार गरेको बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);