डाक्टरले प्रहरीसंग मिलेर अस्पतालमा मनोमानी गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डाक्टरले प्रहरीसंग मिलेर अस्पतालमा मनोमानी गरेको खुलासा

अविजाल बिष्ट
विराटनगर, २९ साउन । इलाका प्रहरी कार्यालय दमकले सीटीस्क्यान मेसिन विक्री गर्दा ठगी गरेको आरोपमा करिव डेढ साता अघिदेखि एक व्यक्तिलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

तर अचम्मको कुरा के छ भन्ने जुन व्यक्तिले सामाग्री नपाएको भनी ठगी मुद्दा हालेका हुन् सामाग्री उनकै स्थानमा फेला परेको छ । तर प्रहरीले भने सामाग्री भएको थाहा हुँदा हुँदै पनि रेडियोलोजिष्ट डाक्टर सुनिल देवलाई हिरासत मै राखेको छ ।

रेडियोलोजिष्ट डाक्टर सुनिल देव सीटीस्क्यान मेसिनको विक्रीमा ठगीको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले विराटनगरको लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डाक्टर तीलकचन्द्र साहलाई सीटीस्क्यान मेसिन विक्री गर्दा ठगी गरेकाे आरोपमा पक्राउ गरेकाे हाे ।

पक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो । उनलाई डाक्टर तीलकचन्द्र साहकै जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

रेडियोलोजिष्ट देवले दश वर्ष अघि डा. साहलाई सीटीस्क्यान मेसिन विक्री गर्न सहयोग गरेका थिए । रेडियोलोजिष्ट देवले डा.साहलाई ५० लाख रुपैयाँमा सीटी स्क्यान मेसिन खरिद गर्न सहयोग पु-याएका थिए ।

डा. साहले रेडियोलोजिष्ट देवलाई ३२ लाख रुपैयाँ उपलब्ध गराएपछि वान स्लाइस सीटी स्क्यान मेसिन भारतको दिल्लीबाट खरिद गरिदिएका थिए । तर, स्वास्थ्य मन्त्रालयले वान स्लाइसको सीटीस्क्यान प्रयोगमा रोक लगाएपछि डाक्टर साहले सीटीस्क्यान मेसिन प्रयोगमा ल्याएका छैनन् ।

रेडियोलोजिष्ट देवले खरिद गर्न सहयोग गरेर ल्याएको सीटीस्क्यान मेसिन अहिले डाक्टर साहले नै राखेका छन् । तर, डाक्टर देवले अहिलेसम्म पनि आफुलाई सीटीस्क्यान मेसिन नदिएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा उनले डा. देव विरुद्ध ठगी मुद्दा दर्ता गराएका छन् ।

प्रहरीलाई पैसाको प्रलोभन देखाएर उनले आफुसंग सो मेसिन नभएको भन्दै डा.देवलाई ठगी मुद्धा दर्ता गराएसंगै अस्पतालका अध्यक्ष डाक्टर तीलकको हर्कत सार्वजनिक भएको हो ।

डाक्टर तीलकले प्रहरीसंग मिलेर अस्पतालमा मनोमानी गरेको र डा. देवलाई फसाउन सीटी स्क्यान मेसिन नै गायव गरेको भनिएको छ । माउण्टेनकर्मीले सीटीस्क्यान मेसिन राखेको स्थानको दृष्य कैद गर्न खोज्दा प्रहरीले नै रोकेको थियो । सो दृश्यले प्रहरीको पनि मिलेमतो छ कि भन्ने शंका उब्जाएको छ ।

डाक्टर तीलक चन्द्र भने यो विषयमा बोल्न मानेनन् । उनी क्यामरा देख्ने वित्तिकै भाग्न खोजे । यसरी सामाग्री आफुसंग हुँदा हुँदै पनि ठगी मुद्दा लगाउने अनि प्रहरीले पनि त्यत्रो दिनदेखि हिरासतमा राख्नुले धेरै प्रश्नहरु सिर्जना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);