सरकारले ल्याएकाे कृषि योजनाले युवाहरुलाई आकर्षित गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले ल्याएकाे कृषि योजनाले युवाहरुलाई आकर्षित गर्न सकेन

काठमाडौं, २७ साउन । कृषिको अत्यधिक सम्भावना बोकेको नेपालमा कृषि व्यवसायमा भने आकर्षण निकै कम छ । त्यसमा पनि युवाहरुले कृषिलाई पेशाको रुपमा अंगाल्न सकिरहेका छैनन् ।

सरकारले युवालाई लक्षित गरी व्यवहारिक योजनाहरु ल्याउन नसक्दा पनि युवाहरु कृषि पेशामा आकर्षित हुन नसकेको बताइने गरिएको छ । नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने हो भने कृषिमा युवाहरुको संलग्नता बढाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

जहाँ युवाहरुको संलग्नता बढी हुन्छ त्यस क्षेत्रको प्रगती अन्य क्षेत्रको तुलनामा बढी हुने गर्दछ । त्यसैले कुनैपनि क्षेत्रको विकासका लागी युवा संलग्नता अत्यन्तै महत्वपुर्ण हुन्छ ।

कृषि उत्पादनलाई बढाउन र यसमा अपेक्षाकृत उपलब्धी हासिल गर्न नेपालमा पनि कृषिमा युवाहरुको सहभागिता आवश्यक छ । तर नेपाली युवाहरुले भने कृषि पेशामा आफ्नो भविश्य देख्न सकेका छैनन् ।

कृषि व्यवसायमा लाग्न खोज्ने युवापनि नेपाली कृषकले भोग्ने गरेका अनेक समस्या देख्दा कृषिमा लाग्न नसकेको बताउँछन् । कृषि क्षेत्रमा देखिएका मुल्य, बजारीकरण साथै प्रविधिको अभावले कृषिमा युवाहरु आकर्षित हुन नसकेको युवाहरुको भनाई छ ।

नेपालको आर्थिक समृद्धिको आधार कृषि भएपनि त्यसमा अपेक्षाकृत उपलब्धी हासिल हुन सकेको छैन । कृषिलाई व्यवसायीक बनाउन नसक्दा अझै नेपालमा वर्षेनी अर्बौंको कृषिजन्य बस्तु आयात हुने गरेको छ ।

पढेलेखेका ज्ञान सिप भएका युवाहरु कृषिमा आउन नसक्दा कृषि निर्वाहमुखि नै बनीरहेको छ । त्यसैले अब नेपालले कृषि क्षेत्रमा फड्को मार्ने हो भने युवालाई लक्षीत गरी कृषि कार्यक्रमहरु अगाडी बढाउनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउने भन्दै ल्याएका सरकारी योजनाहरु पनि असफल भइरहेका छन् । सरकारले कृषकलाई दिंदै आएको अनुदान पनि बास्तविक किसानको हातमा पर्न नसकेको किसानहरुबाट गुनासो आउने गरेको छ ।

खेती लगाउने बेलादेखि नै मल बिउका समस्या वर्षेनी आउँदा पनि सरकार त्यसमा गम्भिर बन्न सकेको छैन । जसले आम युवादेखि किसानहरुलाई कृषि पेशामा वितृष्णा मात्र पैदा गर्ने गरेको छ । तर वर्षेनी आउने यस्तो समस्या समाधान गर्ने सरकारी प्रतिवद्वता भाषणमा मात्र सिमित हुने गरेको छ ।

युवासंग जोडिएका राजनीतिक अधिकार, नेतृत्व लगायत सामाजिक विकासका बहस धेरै भएपनि कृषिमा युवाहरु संलग्नताको विषयले खासै प्राथमिकता पाएको छैन । उर्वर खेतबारी बाझो राखेर बैदेशिक रोजगारका लागी सहरको गल्ली गल्ली धाइरहेका युवाहरुलाई आर्कषक योजना सहित कृषिमा संलग्न गराउन सके नेपालले कृषि उत्पादनमा उल्लेखनीय उपलब्धी हासिल गर्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);