३८० सम्पदाको पुनःनिर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

३८० सम्पदाको पुनःनिर्माण सम्पन्न

jung

काठमाडौं, २३ साउन । चार वर्षअघिको भूकम्पबाट क्षतिभएका ८९१ वटा पुरातात्विक एवं सांस्कृतिक महìवका सम्पदामध्ये ३८० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सम्पन्न भएकामध्ये विश्व सम्पदा सूचीमा सूचीकृत नौ सम्पदास्थलका ९६ वटा मूर्ति, मठमन्दिरको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको जानकारीअनुसार, भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ७५३ र अन्य भूकम्प प्रभावित १७ जिल्लाका १३८ वटा सम्पदा क्षतिग्रस्त भएका थिए । यी सम्पदाको पुनःनिर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार, हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनःस्थापना तथा तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी, नारायण, शङ्रनारायण लगायत मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएका छन् । यस्तै, चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाको पनि पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनः स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनः निर्माण भएको छ । ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्यसमेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जङ्गहीरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपालगायतका पुरातात्विक सम्पदाहरूको पुनःनिर्माण भइसकेको छ । पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार, चालू आर्थिक वर्षमा १५० वटा सम्पदाको पुनःनिर्माण गर्ने कार्यक्रम रहेको छ । हाल पुनःनिर्माण भइरहेका सम्पदाहरूमा रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप, नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);