रातो मच्छिन्द्रनाथ,बाह्रवर्षे र भोटो जात्रालाई विश्वसम्पदा सूचीमा राख्न तोसिमाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रातो मच्छिन्द्रनाथ,बाह्रवर्षे र भोटो जात्रालाई विश्वसम्पदा सूचीमा राख्न तोसिमाको माग

काठमाडौं, ८ जेठ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य कार्कीले सरकारको निति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताउनुभएको हो । उहाँले मन्दिरहरुलाई तत्कालै पुनःनिर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग गर्नुभयो । त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न
गराउने विषय अगाडी बढाउन पनि उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कला, संस्कृति, सम्पदाको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेनछ । आँखा परोस् पनि कसरी ०७२ सालको भूकम्पपछि पुनःनिर्माणको काम सकियो भनेर पुनःनिर्माण प्राधिकरण समेत विघटन भइसक्यो । तर बुङमतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने पुनःनिर्माण कुर्दाकुर्दै जिर्ण भइसके । सरकारकै हाम्रो सम्पदा राम्रो सम्पदा पर्यटन गन्तव्य बिस्तार तथा पहिचान कार्यक्रम अन्तर्गत मन्दिरहरुलाई तत्कालै पुनःनिर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचिमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडी बढाइयोस् ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);