प्रतिनिधि सभा बैठकको शुन्य समयमा कसले के भने | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

प्रतिनिधि सभा बैठकको शुन्य समयमा कसले के भने

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ । रोल …

सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले सरकारको निति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताउनुभएको हो । उहाँले मन्दिरहरुलाई तत्कालै पुनःनिर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग गर्नुभयो । त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने विषय अगाडी बढाउन पनि उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कला, संस्कृति, सम्पदाको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेनछ । आँखा परोस् पनि कसरी ०७२ सालको भूकम्पपछि पुनःनिर्माणको काम सकियो भनेर पुनःनिर्माण प्राधिकरण समेत विघटन भइसक्यो । तर बुङमतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने पुनःनिर्माण कुर्दाकुर्दै जिर्ण भइसके । सरकारकै हाम्रो सम्पदा राम्रो सम्पदा पर्यटन गन्तव्य बिस्तार तथा पहिचान कार्यक्रम अन्तर्गत मन्दिरहरुलाई तत्कालै पुनःनिर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचिमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडी बढाइयोस् ।’

प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले गैरसरकारी संस्थाहरुले विदेशका विभिन्न व्यक्ति र संस्थाहरुमार्फत सहयोग लिएर देशमा विपद्, भोकमरी र गरिबी निवारणमा सहयोग गर्ने गरेको भएपनि त्यस्ता सहयोगमा समेत सरकारले कर लगाउने गरेकाले कर छुट गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘गैर सरकारी संस्था महासंघ अन्तर्गतका संस्थाहरुले देश र विदेशका विभिन्न व्यक्ति र संस्थाजस्ता दातृ राष्ट्र र संस्थाले दिएको सहयोग आफू माध्यम बनेर विपद्, भोकमरी, गरिबी, भेदभाव निवारणका लागि उपयुक्त ठाउँमा सरकार र स्थानीय तहसँगको सहकार्य र कानूनतः निःशुल्क सहयोग उपलब्ध गराएको हुन्छ । तर सरकारले यसरी सहयोग गरेका सामग्रीको समेत भ्याट लगाउने गरेकाले सहयोग रोकिने अवस्था छ । यसलाई ध्यान दिनुप¥यो ।’

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटस्थित चन्द्रनिगाहापुरको माछापुच्छ«े बैंकमा सर्वसाधारणको ९ लाख रुपैयाँ गायब गरिएको भन्दै दोषिउपर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अत्यन्त बिडम्बनाको घटना छ, रौतहटको चन्द्रनिगाहापुरमा माछापुच्छ«े बैंकमा एउटा किसानले छोरीको विवाह गर्नलाई वृन्दावन नगरपालिका वडा नं. ३ रामेश्वर यादवले माछापुच्छ«े बैंकमा १२ लाख रुपैयाँ जम्मा गरियो । जम्मा भएको रेकर्ड मोबाइलमा आयो । झिक्न जाँदा उहाँको ९ लाख रुपैयाँ पैसा छैन । कसले ह्याक गरेर लग्यो । बैंकसम्म सुरक्षित छैन । त्यस्तो अपराधिलाई यथाशिघ्र कानूनी कठघरामा ल्याएर कारबाही गरेर तत्काल त्यो पैसा बैंकले उपलब्ध गराएर दोषिलाई कारबाही गर्न माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य नागिना यादवले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधि सभा सदस्य नैनकला थापाले सरकारी अस्पतालहरुमा प्याट स्क्यान मेशिन आवश्यक भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारको निति तथा कार्यक्रममा महिलाहरुको पाठेघरको र स्तन क्यान्सरको पहिचानको लागि निःशुल्क गर्ने भन्ने छ । त्यो निःशुल्क गर्ने भन्नेमा चाहीँ नेपाल सरकारको अस्पतालमा अझसम्म एउटा प्याट स्क्यानसम्म मेसिन रहेनछ । त्यो प्याट स्क्यान मेसिन यति महंगो पर्दो रहेछ त्यो औषधिहरु, तुरुन्त औषधि चाहिने । भारतबाट मगाएर लगाउनुपर्ने । त्यो प्याट स्क्यानतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य प्रतिक्षा तिवारीले मधेश प्रदेशका विभिन्न ठाउँहरुमा खानेपानीको हाहाकार भएको भन्दै खानेपानी समस्या समाधान गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जनकपुरधाम लगायत मधेसका विभिन्न ठाउँमा खानेपानी कल सुक्न थालेको छ । खानेपानीको हाहाकारको समस्या पैदा भएको छ । तसर्थ अविलम्व खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायकहरुले मूल्य बढाउन लागेको भन्दै मूल्यवृद्धि रोक्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘इन्टरनेटको उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केहीपनि छैन । सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने शर्त समेत पालना गरिएको छैन । इन्टरनेट सेवा प्रदायकहरुले रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ । तसर्थ इन्टरनेट कम्पनीहरुले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न र उनीहरुलाई स्वस्थ प्रतिष्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । बजारलाई प्रतिष्पर्धाबाट विमुख गराउन पाइँदैन ।’

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रिय प्रणालीमा मन्त्रिहरुको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीहरु पूर्व उपप्रधानमन्त्रीहरु प्रहरी अनुसन्धानमा छन् । पूर्व प्रधानमन्त्रीहरुलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र ?’

प्रतिनिधि सभा सदस्य विनिता कठायतले सरकारको निति तथा कार्यक्रममा कर्णालीको संस्कृति संवद्र्धन र संग्रहालय बनाउने कुरा नसमेटिनु दुखद् भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं उपत्यका भन्दा बाहिर सबैभन्दा बढी सम्पदास्थल र सम्पदा संख्या रहेको कर्णाली र त्यहाँको मूर्त, अमूर्त सम्पदालाइ पनि विश्वसम्पदा सूचिमा राख्ने पहल किन नगरिएको ? नेपाली मौलिक संस्कृतिको उद्गमस्थल जुम्ला सिँजाले बास्तवमा गोरखाली संस्कृतिभन्दा वृत्त आयात दिन्छ । संस्कृति सम्वद्र्धन र संग्रहालय बनाउने नितिमा कर्णाली नसमेटिनु दुखद् कुरा हो । कर्णालीको कुरा यस राज्य र सदनले नबुझेको हो कि ? बुझ पचाएको हो ? बुझ पचाएको हो भने यस सदन र सरकारले योचोटी कर्णालीका कुरा बुझ्नुप¥यो । सुनिदिनु प¥यो र हेरिदिनु प¥यो ।’

उहाँले कर्णालीको कुरा सुन्नका लागि सदन र सरकालाई आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);