पर्साको अन्तरिक राजस्व पौने ८ अर्ब | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्साको अन्तरिक राजस्व पौने ८ अर्ब

money

काठमाडौं, १६ साउन । आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्षमा लिएको लक्ष्य भेट्टाउन सकेन । आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्ष २०७५-७६ मा ७ अर्ब ७४ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । राजस्व विभागले कार्यालयलाई ८ अर्ब ४५ करोड ७६ लाख ३१ हजार राजस्व उठाउने लक्ष्य दिएको थियो ।

गत आर्थिक वर्षमा लक्ष्यको ९२.२७ प्रतिशत राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सुनिलदत्त देवकोटले बताए । कूल राजस्व मध्ये सबैभन्दा बढी योगदान पु-याउने मदिरा उद्योग हिमालयन डिस्टिलरीले उत्पादन गर्ने ‘गोल्डेन ओके’ ब्राण्डको मदिरा चितवनमा उत्पादन गर्न अनुमति दिएको हुँदा झन्डै ६ करोड राजस्व वीरगन्जको घटेको उनले बताए । गत आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले आयकरमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

आयकरमा लक्ष्यको १०५ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको तथ्यांकअनुसार ब्याज करमा ८२ प्रतिशत, अन्तःशुल्कमा ८७ प्रतिशत लक्ष्य पुगेको कर अधिकृत देवकोटाले बताए । त्यस्तै घर बहाल कर ३ करोड ६८ लाख रूपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा आन्तरिक राजस्व कार्यालय वीरगन्जले लक्ष्यभन्दा १२७ प्रतिशतले राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले ६ अर्ब ८० करोड १ लाख २३ हजार राजस्व संकलन गरेको थियो । राजस्व विभागले अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ३२ करोड ९८ लाख ६६ हजारको लक्ष्य दिएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गतवर्ष राजस्व विभागले ५८ प्रतिशतले राजस्व लक्ष्य बढाएकाले पनि लक्ष्य पुग्न नसकेको कर अधिकृत देवकोटाको भनाइ छ । आन्तरिक राजस्व कार्यालय वीरगन्जको हालसम्म ५४ हजार ६ सय २४ करदाता पुगेका छन् । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);