प्रभासका लागि तौल घटाउन व्यस्त श्रद्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी २३ भदौ । बलिउड अभिनेत्री श्रद्धा कपुर ‘बाहुबली’ अर्थात प्रभाससँग फिल्म खेल्न आतुर छिन् । प्रभाससँग फिल्म ‘साहो’ मार्फत स्क्रिन शेयर गर्ने पक्का भएपछि अहिले उनी आफ्नो तौल घटाउन व्यस्त छिन् ।

 

फिल्म ‘हसीना पारकर’का लागि तौल बढाएकी श्रद्धा अहिले ‘साहो’ को लागि सन्तुलित खानपिनका साथै कडा मेहनत पनि गरिरहेकी छिन् । फिल्म ‘हसिना’ २२ सेप्टेम्बरमा रिलिज हुनेछ ।

 

फिल्म साहो हिन्दी र तेलुगु दुवै भाषामा निर्माण हुनेछ । जसको लागि श्रद्धा तेलुगुको कक्षा समेत लिईरहेकी छिन् । फिल्ममा उनले केही एक्शन सिन पनि गर्नेछिन् । फिल्म साहोमा अनुष्का शेट्टीले प्रभासलाई साथ दिने भनेपनि अन्तत श्रद्धाले अभिनय गर्ने पक्का भएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);