राजस्व धेरै देखाउन तथ्यांक तोडमोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजस्व धेरै देखाउन तथ्यांक तोडमोड

arthamatralaya

काठमाडौं, १२ साउन । अर्थ मन्त्रालयले राजस्व धेरै उठाएको देखाउन तथ्यांकमा हेरफेर गरेको छ। महालेखापरीक्षकको कार्यालयले गत आवमा देशभर आठ खर्ब ५९ अर्ब राजस्व संकलन भएको दाबी गर्‍यो। तर, राष्ट्र बैंकको तथ्यांकअनुसार सात खर्ब ३९ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले भने आठ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन भएको तथ्यांक तयार गरेको छ। तर सार्वजनिक गरेको छैन। यसबाट राजस्व धेरै उठेको देखाउन अर्थ मन्त्रालयका अधिकारीले तथ्यांक फेरबदल गरेको प्रस्ट हुन्छ। हरेक वर्ष समय अगावै सार्वजनिक संस्थानको लाभांश देखाएर अर्थ मन्त्रालयले राजस्व संकलनको लक्ष्य पूरा गर्छ। यसरी समय अगाडि तानेर लाभांश देखाएर राजस्व धेरै उठाएको जस लिन अर्थ मन्त्रालयका पधादिकारी पछिनपर्ने अर्थविद् बताउँछन्।

अर्थविद् केशव आचार्य सरकारले हतार गरेर संस्थानबाट लाभांश कर उठाएर लक्ष्य पूरा गर्ने प्रवृत्ति रहेको बताउँछन्। उनले भने, ‘पहिले–पहिले नाफामा गएका सरकारी स्वामित्वका बैंक तथा संस्थानबाट समयभन्दा अगाडि नै लाभांश माग्ने गर्थे। पछि हिसाब मिलाउने शर्तमा समयअगावै लाभांश उठाउने चलन छ। लक्ष्य नपुगेपछि यो सरकारले पनि त्यसैलाई पछ्याउने सम्भावना छ।’ यसरी हतार गरेर लाभांश संकलन गर्दा बेरुजु रहन्छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);