कांग्रेस संघीय संरचना अनुरुप संगठन विस्तारको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०७९, बिहीबार

कांग्रेस संघीय संरचना अनुरुप संगठन विस्तारको तयारीमा

nepali congress

काठमाडौं, ११ साउन । देश संघीय संरचनामा गएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संरचना भने पुरानै छ । कांग्रेसभित्र पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तार गर्नका लागि पटकपटक छलफल भएपनि सो अनुरुप विस्तार हुन सकेको छैन ।

संगठन विस्तार गर्दा नेतृत्वको विषयमा टुंगो लाग्न नसक्दा संरचना विस्तार हुन नसकेको समयमा अव बस्ने केन्द्रिय समितीको बैठकबाट निर्वाचन प्रकृयाबाट संरचना विस्तारको लागि आवश्यक निर्णय गरिने कांग्रेसले जनाएको छ ।

पार्टीले भदौ पहिलो साताभित्र रिक्त रहेका संरचनाहरु निर्माण गरिसकेर अगामी महाधिबेशनका लागी तयारी गर्ने पार्टी प्रवक्ता बिश्व प्रकाश शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माले प्राविधिक कारणवश भदौ पहिलो साताभित्र रिक्त रहेका संरचनाहरुलाई पूर्णता दिन नसकिए भदौ २४ गतेबाट सुरु हुने भनिएको पूर्वनिर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संरचना विस्तारमा परिणत हुनेसक्ने बताउनु भयो ।

यसअघि कांग्रेसले पहिलो चरणको एक महिने राष्ट्रय जागरण अभियान संचालन गरेको थियो । प्रवक्ता शर्माले सरकारको गतिबीधि र आफ्नो पार्टीको योगदानबारे पुन जनतामा जान अर्को जागरण अभियान पनि आवश्यक रहेकोले कांग्रेस त्यसका तयारीमा रहेको जानकारी दिनुभयो ।

महासमिति बैठकबाट पारित भएर गत फागुन १२ गते केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको कांग्रेस विधानमा टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहमा पार्टी संरचनाको व्यवस्था गरिएको छ ।

विधानको धारा ७२ को उपधारा ४ का (ख), (ग) र (घ) ले प्रदेश कार्यसमिति तत्कालीन महाधिवेशन प्रतिनिधि र त्यस तलका कार्यसमितिहरू क्षेत्रीय प्रतिनिधिबाट निर्वाचित हुने व्यवस्था गरेको छ । यस्तै वडा समिति चयनका लागि हुने निर्वाचनमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरु मतदानमा सहभागी हुने कांग्रेसले जनाएको छ ।