एउटा भाषणमा प्रधानमन्त्रीका आधा दर्जन कथा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एउटा भाषणमा प्रधानमन्त्रीका आधा दर्जन कथा

kp oli

काठमाडौं, ११ साउन । सामान्यतया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन् । शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषण दिन सक्ने व्यक्तिका रुपमा पनि उहाँ परिचित हुनुहुन्छ ।

यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उहाँ संग छ । शनिबार यस्तै भयो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराईए पनि उहाँले झण्डै ४५ मिनेट भाषण गर्नुभयो । उहाँको भाषणमा गंगालाल अस्पतालको स्थापना देखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तुहरु जोडिए सिलसिलावद्ध रुपमा ।

उहाँको भाषणको सुरुको कथा थियो “जमदग्नीले श्रीमतीलाई काटे, छोरा परशुरामले बुबा मैले तपाईको आज्ञा त माने । मेरो माग पुरा गरिदिनुपर्यो । जो तपाईले बचन दिनुभएको थियो । मेरी आमालाई फेरी जस्ताको तस्तै व्यूँझाईदिनोस् । अनि जमदग्नीले अपरेशन गरेर व्यूँझाईदिए । जस्ताको तस्तै बनाईदिए ।”

दोश्रो कथा  : “लक्ष्मण लंकामा घाईते भए । बेहोस भए । कोमा मा गए । औषधीको थलो भनेको त फेरी हिमालय पर्वत हो । जाउ हिमालयमा गएर औषधी लिएर आउ भनी हनुमानलाई भनियो र उनले औषधी बोकेर गए । लक्ष्मण ब्यूँझिए ।”

तेश्रो कथा : “सनिको नजर पुग्ने वित्तिकै पार्वतिका छोराको शिर गायब भयो । आपत पर्यो । त्यसपछि छेउमा जे भेटिन्छ त्यसको टाउको लेउ भनियो । हात्तीको टाउको ल्याएर जोडे । म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला ।”

परापुर्वकालमा चकर, आश्विनी कुमार लगायत ऋषिहरुले धन्वन्तरि आयुर्वेदको परम्परालाई अगाडि बढाएको प्रसंग उल्लेख गर्दै उहाँले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताउनुभयो । पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गर्ने गरेको र स्वस्थ्यकर जीवन विताएको भन्दै उहाँले आफ्नो भने ६७ बर्ष कै उमेरमा कमजोर भएको र बुद्धि बंगारा पनि फुस्किएको बताउन पनि उहाँले विर्सनुभएन ।

उहाँले भन्नुभयो “म ६७ बर्ष पुरा हुन लागे । हिजो बेलुका मेरो दाहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफै खुस्कियो । १ सय १ बर्षमा मेरो हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो । संयोग कस्तो परेछ । मेरो चाही हिजो बेलुका मात्रै दाहिने पट्टिको माथिल्लो पट्टीको बुद्धि बंगारो खुस्कियो । छामेर हेरेँ । जरा पनि छैन । रगत पनि आएन । कति असक्त भएको रहेछ । ”

नेपालको भुगोल नै औषधी उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दै उहाँले आधुनिक उपचार पद्धतीमा प्राप्त सफलता तीनै पुर्खाहरुको जेनेटिक मेमोरीका कारण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “त्यो कल्पना असंभव कल्पना मात्रै थिएन । पुष्पक विमान परापुर्व कालमा कल्पना गरिएको थियो । अनौठो लाग्छ । पुष्पक विमान लिएर रामलाई लिन लंका गईयो । एयरपोर्ट बनाएको थिएन । पुष्पक विमान हेलिकप्टर झै ल्याण्ड गथ्र्यो र हेलिकप्टर झै टेकअफ गथ्र्यो । एयरपोर्टको चाही कही बर्णन पाईदैन ।”

आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफु अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दै नक्कल विरामी भन्ने पर्ने हो कि भनी ठट्टा पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “कल्ले पत्याउने ? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भएर सुतिराको थिएँ । हैन आउनुन त भनेर अलि जोड गरेपछि उठेर आएको भन्दाखेरी अलि बोल्दै जाँदा लामो भएपछि यो नक्कली विरामी हो कि क्या हो भन्ने पर्ला । यो अस्थायी विरामी हो । यो नक्कलि चाँही होइन । अस्थायी विरामी हो ।”

उहाँले अस्पतालले स्थापना काल देखि अहिले सम्म १७ हजार विरामीको ओपनहर्ट सर्जरी गर्न सफल भएकोमा धन्यवाद दिंदै आगामी दिनको सफलताको पनि कामना गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);