सरकारले अब सरोकारवालसँग छलफल नगरी कुनै पनि विधेयक ल्याउँदैन : मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले अब सरोकारवालसँग छलफल नगरी कुनै पनि विधेयक ल्याउँदैन : मन्त्री पुन

barshaman pun

काठमाडौं, ११ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सरोकारलाहरुसंगको छलफल विना सरकारले कुनै पनि विधेयक नल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिबार ललितपुरको जावलाखेलमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको दशौं राष्ट्रिय परिषद् बैठक तथा पन्ध्रौ बार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सबै ऐन र नीति निर्माणमा सरोकारवालहरुको सहभागिता गराईने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले जलस्रोत ऐन र राष्ट्रिय जलस्रोत नीति पनि तयार भईसकेकाले आवश्यक प्रक्रिया पुरा गरेर ल्याईने उल्लेख गर्दै उहाँले जनताको हित प्रतिकुल हुने गरि ऐन नआउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले मुलुकभरका काठका विद्युत् पोलहरुलाई हटाईने पनि बताउनुभयो । हाल मुलुकभर झण्डै साढे ४ लाख काठका विद्युत् पोल रहेको भन्दै उहाँले काठका विद्युत् पोल हटाउन अभियान नै संचालन गरिने र त्यसमा सहकार्य गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);