मापदण्ड मिचेर बनाइएका घर टहरा लगायत संरचना भत्काउन अटेरी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मापदण्ड मिचेर बनाइएका घर टहरा लगायत संरचना भत्काउन अटेरी

mapdanda micher baneka ghar

काठमाडौं, ३१ जेठ । कलंकीदेखि महाराजगञ्जसम्मको सडक किनारका वासिन्दाले मापदण्ड मिचेर बनाइएका घर टहरा लगायत संरचना भत्काउन अटेरी गरेका छन् । सडक विभागले चक्रपथ विस्तारका लागि घर टहरा लगायत संरचना भत्काउन १५ दिनको समय दिएकामा म्याद गुज्रिएको एक साता वित्दा पनि सडक किनारका संरचना यथावत नै रहेका छन् ।

विभागले मापदण्ड मिचेर बनाइएका संरचना अब डोजर र एक्साभेटर प्रयोग गरी आफैं भत्काउने बताएको छ । कोटेश्वर–कलंकी सडक विस्तारको काम अन्तिम चरणमा पुगेसँगै कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको प्रक्रिया अगाडि बढाइएको छ । सडक विभागले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारका लागि जेठ ८ गते १५ दिनको समय दिइ मापदण्ड मिचेर सडक किनारमा बनाइएका संरचना हटाउन स्थानीयवासीसँग आग्रह गर्यो ।

तर विभागको आग्रहलाई स्थानीयवासीले बेवास्ता गरेका छन् । १५ दिने सूचनाको म्याद सकिएको एक साता वित्दा पनि सडक किनारका संरचना यथावत छन् । सडकको बीचबाट ३१/३१ मिटर दायाँबायाँ सडक विस्तारका लागि कतिपय संरचना भत्काउनुपर्ने हुन्छ । सडक विभागले अब मापदण्ड मिचेर बनाइएका संरचना आफैं भत्काउने र भत्काउन लाग्ने खर्च घरधनीसँग असुल गर्ने बताएको छ ।

विभागले कलंकीदेखि महाराजगञ्जसम्मको ८ किलोमिटर सडक चीनको सहयोगमा ८ लेनमा विस्तार गर्न लागेको हो । विभागले विस्तारको काम अगाडि बढाउन १५ दिनभित्र सडक किनारका सबै संरचना भत्काउने बताएको छ । अढाइ महिनापछि सडक विस्तारको काम सुरु गर्ने योजना रहेका कारण १५ दिनभित्र सडक किनारका संरचना भत्काउने विभागको भनाइ छ ।

तर स्थानीयवासीले असहयोग गरेका कारण विभागलाई बोले अनुसार काम गर्न भने सजिलो छैन । अर्थात चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ हुने देखिएको छ । त्यसो त चक्रपथ विस्तारका लागि विभागले नै खडा गरेको चक्रपथ सुधार आयोजनाले समेत सडक किनारका संरचना हटाउने तयारीबारे आफूलाई केही जानकारी नभएको बताउनुले पनि विस्तारको काम समयमै सुरु हुन्छ भनेर पत्याउन सकिने अवस्था छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);