श्रीलंका भ्रमणमा रहेको भारतद्वारा सबै खेल जितेर रेकर्ड कायम | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

एजेन्सी, २२ भदौ । भारतले श्रीलंकाविरुद्धका सबै खेल जितेर रेकर्ड कायम गरेको छ । भारतले श्रीलंकासँगका नौ खेलमध्ये सबैमा जित हात पारेर रेकर्ड राखेको हो ।

 

पाहुना टिम भारतले तीन टेस्ट र पाँच एकदिवसीयमा श्रीलंकालाई पराजित गरेकामा गएराति भएको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पराजय भोग्न वाध्य तुल्याएको छ । कोलम्बोलमा भएको खेलमा भारतले श्रीलंकालाई सात विकेटले पराजित ग¥यो । भारतले एक सय ७१ रनको लक्ष्य चार बल बाँकी छँदा तीन विकेटको क्षतिमा पूरा ग¥यो । भारतको जितमा कप्तान विराट कोहली नायक बने । कोहलीले ५४ बलमा सात चौका र एक छक्काको मद्दतमा ८२ रन बनाए । मनिष पाण्डेले ३६ बलमा नटआउ ५१ रन बनाए ।

 

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । खेलमा भारतीय कप्तान कोहलीले म्यान अफ दि म्याचको पुरस्कार पाए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);