महाधिवेशनमा कांग्रेस, पहिले संगठन निर्माण त्यसपछि कार्यतालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महाधिवेशनमा कांग्रेस, पहिले संगठन निर्माण त्यसपछि कार्यतालिका

nepali congress

काठमाडौं, २५ असार । नेपाली कांग्रेसले औपचारिक रूपमा आफ्नो केन्द्रीय समिति बैठकमार्फत पहिलोपटक १४औं महाधिवेशनको विषयलाई एजेन्डाका रूपमा राखेको छ । कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि संशोधन भएको विधानअनुसार आठ तहको संरचना छ ।

टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहको संरचना रहेको कांग्रेसमा यतिबेला ७५ जिल्ला र केन्द्रको मात्रै पूर्ण संरचना छ ।पछिल्लोपटक निर्वाचनका बेला परिवर्तन भएका निर्वाचन क्षेत्र तथा गाउँपालिका तथा नगरपालिकाका सीमा हेरफेर भएका स्थानीय तहमा समेत कांग्रेसको संरचना भताभुंग छ ।

यस्तो अवस्थाबीच नै कांग्रेसले १४औं महाधिवेशनका लागि पार्टीको विधानमा रहेको संक्रमणकालीन व्यवस्थाअनुसार आगामी भदौभित्रै सबै तहका संरचना बनाएर महाधिवेशनमा जाने गरी शीर्ष तहमा सहमति गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा रहेको अन्तरिम व्यवस्थाअनुसार सबै तहको संरचना बनाएर महाधिवेशनको कार्यतालिका ल्याउने गरी सहमति भएको बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);