विषाधि परीक्षण रोक्न भारतीय राजदुतावासले पत्र पठाएको सरकारको स्वीकारोक्ति | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

विषाधि परीक्षण रोक्न भारतीय राजदुतावासले पत्र पठाएको सरकारको स्वीकारोक्ति

gokul baskota

काठमाडौं, २४ असार । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषाधि परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गर्नु भएको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद बैठकपछि संचारकर्मीले राखेका जिज्ञासाको उत्तर दिने क्रममा मन्त्री बास्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने बताउनुभयो । उहाँले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो चासोका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै रहेको लिएको प्रतिक्रिया दिनु भयो ।

मन्त्री बास्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषाधि परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भिर रहेको पनि बताउनु भयो । उहाँले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भिर रहेको र सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);