तिलौराकोटमा साेमबार दोस्रो धान रोपाई मंगलोत्सव मनाईयाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तिलौराकोटमा साेमबार दोस्रो धान रोपाई मंगलोत्सव मनाईयाे

दोस्रो धान रोपाई मंगलोत्सव

शम्भु माली
कपिलवस्तु, १६ असार । असार १५ मा देशभर राष्ट्रिय धान दिवस मनाइयो । तर कपिलवस्तुको तिलौराकोटमा भने असार १६ गते अर्थात् सोमबार धान दिवस मनाइएको छ । बुद्ध जन्म स्थल तिलौराकेटको पूर्वीद्धारमा हर्ष उल्लासका साथ दोस्रो धान रोपाई मंगलोत्सव मनाईएको हो ।

बुद्धका पिता राजा शुद्धोधनले २६ सय बर्ष अघि सुनको हलोले जोतेर धानको भण्डारका रुपमा रहेको यही क्षेत्रमा धान रोपाई मंगल उत्सव गर्ने गरेको मान्यताका आधारमा दोस्रो धान रोपाई मंगलोत्सव गरिएको हो ।

लुम्बिनी बिकास कोषको आयोजनामा तीन कठ्ठा जग्गाको क्षेत्रफलमा कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणी खनालले सुनौलो रङ लगाइएको हलोले जोतेर धान रोपाई कार्यक्रमको शुभारम्भ गर्नु भयो ।

कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणी खनालले धान उत्पादनमा देश अझै आत्मनिर्भर नरहेको उल्लेख गर्दै आगामी पाँच बर्ष भित्र धानको आयातलाई प्रतिस्थापन गर्ने योजना रहेको बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेस त्रिपाठी ९भिक्षु मेत्य० लुम्बिनी र कपिलवस्तुका ६ जना किसानले ६/६ बिगाहा जग्गामा कालानमक धानको खेती गराई सोको राम्रो प्याकेजिङ्ग गरि लुम्बिनी आउने तिर्थयात्रीलाई बुद्धकालिन धान कालानमक उपहार दिने योजना रहेको जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);