डोल्पावासी चार महिनादेखि अन्धकारमा बस्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डोल्पावासी चार महिनादेखि अन्धकारमा बस्न बाध्य

dolpa

डोल्पा, ९ असार । कर्णाली प्रदेशका डोल्पावासीहरु विगत ४ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । डोल्पामा लगातारको पहिरोका कारण बिजुलीका पोलहरु ढल्नुका साथै जैरीघाट पावर हाउस प्रसारण लाइनमा अवरोध आएपछि बिजुली आपूर्ती बन्द भएको हो । यति लामो समयसम्म विद्युत् आपूर्ति बन्दा हुँदा पनि स्थानीय सरकार र जनप्रतिनिधिहरुले विजुली आपूर्ती सहज गर्न खासै चासो देखाएको पाईदैन ।

प्राकृतिक श्रोत साधनले कर्णाली प्रदेशको डोल्पा जिल्ला आफैमा सम्पन्न छ । क्षेत्रफलको हिसाबले समेत नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पामा प्राकृतिक सुन्दरता, बहुमूल्य जडीबुटी यार्सागुम्बादेखि साना ठूला नदीहरु पनि प्रशस्तै छन् । तर ,यति धेरै सम्भावना बोकेको डोल्पाका जनता भएका प्राकृतिक श्रोतबाट लाभ लिन सकिरहेका छैनन । स्थानीय जनता विजुलीको उज्यालोबाट समेत बन्चित छन् डोल्पाको जैरीघाट पावर हाउसबाट २ सय किलोवाट विद्युत् उत्पादन हुने गरेको छ । विग्रेका पावर हाउस मर्मत कार्यमा चासो नदेखाउँदा जनता अध्याँरोमा बस्न बाध्य छन् । छिटो भन्दा छिटो अन्धकारबाट निकाल्न स्थानीयहरु सरकारसँग आग्रह गरिरहेका छन् ।

जिल्लामा विजुली नबल्दा पनि स्थानीय सरकार बेखबर जस्तै छन् । जनप्रतिनिधिहरुले पनि खासै वास्ता गरेका छैनन । परिणाम, जनता अन्धकारमा बस्न बाध्य छन् । बिजुली नहुँदा कार्यालयका अत्यावश्यक काममा समेत बाधा पुगेको छ ।

पहिरोका कारण डोल्पाको जैरीघाट पावर हाउसमा क्षति पुगेको ४ महिना भएको छ । बिजुली नहुँदा अहिले डोल्पाको सदरमुकाम दुने, जुफाल र आसपासका १४ सय भन्दा बढी घर परिवार प्रभावित छन् । हरेक विकासबाट पछाडि परेका डोल्पाली जनता कहिलेसम्म अन्धकारमा बस्ने ? सरकारले जवाफ दिनु पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);