१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा हुन्छ : विष्ट | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८१, सोमबार

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा हुन्छ : विष्ट

keshavkumar bista

काठमाडौं, ८ असार । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने बताउनुभएको छ ।

आईतबार रिपोर्टस क्बलको साक्षात्कारमा बोल्दै उहाँले आगामी डिसेम्बर एक देखि १३ औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता सुरु हुने बताउनुभएको हो । डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो भने राष्ट्रघात हुने भन्दै उहाँले सम्पुर्ण शक्ति प्रयोग गरि प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दियोभयो ।

उहाँले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौ सम्ममा सम्पुर्ण संरचना निर्माणको काम सम्पन्न हुने दाबी गर्नुभयो । विगतमा पटक पटक मिति सार्नुपरेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उहाँले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरि क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उहाँले आफ्नो ४ बर्षे कार्याकालको प्रगति विवरण पनि प्रस्तुत गर्नुभएको थियो । परिषद्को सदस्यसचिवका रुपमा विष्टकोे चार वर्षे कार्यकाल सोमबार सकिदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);