नेपाल–चीन व्यापार सम्झौता पुनरावलोकन तयारी, विभिन्न ४० नेपाली वस्तुमा ‘ड्युटी फ्री’ गर्न पहल गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

नेपाल–चीन व्यापार सम्झौता पुनरावलोकन तयारी, विभिन्न ४० नेपाली वस्तुमा ‘ड्युटी फ्री’ गर्न पहल गरिने

nepal china

काठमाडौं, ८ असार । नेपालले चीनसँगको व्यापार सम्झौता पुनरावलोकन गर्ने भएको छ । नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न र निर्यात प्रक्रिया थप सहज बनाउन नेपाल–चीन व्यापार सम्झौतामा केही हेरफेर गरी पुनरावलोकन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव तथा द्विपक्षीय व्यापार तथा पारवहन शाखाका प्रमुख पार्वती अर्यालले नेपाल–चीन व्यापार सम्झौताका केही विषय हेरफेर गर्न लागिएको जानकारी दिइन् ।

मन्त्रालयका अनुसार नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न थप सहज वातावरण बनाउन ‘ड्युटी फ्री’ र गुणस्तरमा एकरूपतालगायतका विषय हेरफेर गर्न लागिएको हो । अहिलेसम्म ८ हजार ३० वटा वस्तुलाई चीनले ड्युटी फ्री वस्तुका रूपमा राखेको छ । त्यसमा नेपालबाट निर्यात हुने वस्तु नपरेका कारण सरकारले केही वस्तु ड्युटी फ्रीमा समेटिनुप¥यो भनेर आग्रह गरिरहेको जानकारी गराउँदै अर्यालले भनिन्, ‘कृषि उत्पादन र वन क्षेत्रबाट हुने ४० भन्दा बढी वस्तुको निर्यात बढाउन ‘ड्युटी फ्री’ गरिदिन नेपालले चीनसँग प्रस्ताव गर्न लागेको हो ।’

उनले नेपाली वस्तुको गुणस्तर तथा मापदण्डका विषयमा पनि चीनसँग छलफल गर्न लागिएको जानकारी दिइन् । नेपालमा उत्पादित वस्तुलाई चीनले गुणस्तरको प्रमाणपत्र दिनुपर्छ भन्ने मान्यतासाथ तयारी थालिएको उनले बताइन् । हाम्रो गुणस्तर र चीनले निर्धारण गरेको गुणस्तरमा के फरक छ, त्यसलाई पहिल्याएर गुणस्तर सुधार्न पनि सरकार तयार रहेको भन्दै उनले अहिले आफूहरूले नेपाली वस्तुको गुणस्तर प्रमाणपत्र नभएकाले चिनियाँ बजारमा छिर्न नसक्ने अवस्था कायमै रहेकाले अहिलेको अवस्था सम्बोधन गर्न द्विपक्षीय छलफलको तयारी गरिरहेको बताइन् ।  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।