पुष्पा पोखरेल
काठमाडौँ, ६ असार । विपद तथा जोखिम कहिले पनि पुर्व सुचना दिएर आउँदैन । तर यसले पार्ने असरवाट धेरै जनधनको क्षति हुन्छ । नेपालमा मनसुन सुरु हुँदैछ । विपद कहिले र कतिबेला आउँछ भन्नेकुरा थाहा नभए पनि यसबाट बच्ने उपायका बारेमा पुर्व तयारी गर्नसक्यो भने विपद्ले निम्त्याउने जोखिमबाट केहि हदसम्म भएपनि बच्न सकिन्छ ।
सडक दुर्घटना, बाढी, पहिरो र डढेलो नेपालका नियमित दोहोरिरहने मुख्य विपद् हुन । भुकम्पीय जोखिमको हिसावले त नेपाल संधै विपद्को जोखिममा छँदै छ । वर्षातको समय सुरु हुँदैछ । कुन बेला कहाँ बाढी र पहिरोले विपद् निम्त्याउने हो भन्नै सकिंदैन ।
नियमित वर्षात भएमा राजनधानीकै सडक र वस्ती डुवानमा परेको घटना नदेखिएको होइन । तराई र पहाडमा डुवान, बाढी र पहिरोले वर्षेनी सयौं परिवार घरबारबिहीन हुने गर्छ । अर्बाै बराबरको क्षेति हुने गर्छ । वर्षेनी यसरी क्षेति हुने गरे पनि पूर्व तयारी भने भएको पाइंदैन ।
विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को प्रस्तावनामा बिपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गर्नु पर्ने उल्लेख छ । तर यो कार्यान्वयनमा आउन भने सकेको छैन ।
भनिन्छ विपत्त वाजा बजाएर आउँदैन । विपद् कहिले पनि पुर्व सुचना वा जानकारी दिएर आउँदैन । बिपद् कति बेला आउँछ ? कसरी आउँछ ? कति क्षेति गर्छ ? त्यसको कुनै अनुमान लगाउन सकिदैन । तर विपदबाट बच्नको लागि पुर्वतयारी भने गर्न सकिन्छ । कतिपय अवस्थामा विपद्बाट बच्ने सामान्य कुराको समेत जानकारी नहुँदा धेरैले ज्यान गुमाएका छन ।
विपद् व्यवस्थापन तथा जनताको सुरक्षाका लागि भन्दै संविधानत् विभिन्न ऐन नियम तथा कानुनहरु बनेका छन् । तर ति सबै ऐनहरु संविधानको दस्तावेजलाई पुरा गर्न बनाएको जस्तो देखिन्छ ।
कुनै पनि ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा आउन भने सकेका छैनन् । त्यस्तै विपद् व्यवस्थापन पुर्वतयारी भन्दै विभिन्न संघ संस्थाहरु स्थापना भएका छन् तर ति संघ संस्थाहरुले के काम गरिरहेका छन केहि अत्तोपत्तो भने छैन ।