आज प्रधानमन्त्री ओलीद्वारा ११ बजे संसद बैठकमा विशेष सम्बोधन गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

आज प्रधानमन्त्री ओलीद्वारा ११ बजे संसद बैठकमा विशेष सम्बोधन गर्दै

pm oli

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्नु हुने भएको छ ।

गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालय श्रोतले बताएकोछ । संसद बैठक अहिले बिहान ११ बजे बस्दै छ । चर्केको गुठी आन्दोलनका विषयमा सोमबार प्रधानमन्त्री ओलीले भूमिसुधार मन्त्री पद्मा अर्यालसहित काठमाडौँका जनप्रतिनिधिहरुसँग दिनभर विभिन्न चरणमा छलफल गर्नु भएको थियो ।

छलफलमा गुठी विधेयकबारे मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बताएका प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्न लागेका हुन् ।यो विधेयकका विरुद्ध आन्दोलनमा रहेका गुठीयारहरुले भोलि (बुधबार) काठमाडौँमा विशाल विरोध प्रदर्शनको घोषणा गरेका छन् । त्यसको अघिल्लो दिन प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

ताजा समाचार