प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधि सभालाई आज जानकारी गराउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधि सभालाई आज जानकारी गराउँदै

oli pm

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज प्रतिनिधि सभामा जानकारी गराउँदै छन् ।

प्रधानमन्त्री ओलीले विहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउन लागेका हुन् । प्रधानमन्त्रीले सोमबार नै संसदमा सम्बोधन गर्ने तयारी रहेकामा कार्यव्यस्तताका कारण अन्तिम समयमा सम्बोधन सारिएको थियो । असार ५ गते चीन गएका ओली गत आइतबार स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीले सम्बोधन गरेपछि बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको बजेटमाथि दफाबार छलफलको कार्यसूचि छ ।

दफाबार छलफल सकाएर सांसद्हरुले उठाएका प्रश्नमा मन्त्रीहरुलाई आजदेखि जवाफ दिन लगाउने कार्यसूचि तय गरिएको छ । संघीय संसद् सचिवालयका अनुसार आज सञ्चार तथा सूचना प्रविधि, खानेपानी, पर्यटन, युवा तथा खेलकुद लगायत सात मन्त्रीले जवाफ दिने छन् । बजेटमाथिको दफाबार छलफलका क्रममा खासगरी पर्यटन र युवा तथा खेलकुद मन्त्रालयको बजेटको सबैभन्दा चर्को विरोध भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसद्हरुले पर्यटनमन्त्री रविन्द्र अधिकारी र युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मामाथि आफ्नो निर्वाचन क्षेत्रमा मात्र योजना पारेको भन्दै जेल पठाउनुपर्ने सम्मको अभिव्यक्ति दिएकाले अधिकारी र विश्वकर्माले दिने जवाफको व्यग्र प्रतिक्षा गरिएको छ । संघीय संसद् सचिवालयले मन्त्रीहरुले जवाफ दिने क्रम असार १४ गते सकाउने तालिका बनाएको छ । मन्त्रीहरुले जवाफ दिने क्रम सकिएपछि बजेट पारित गर्ने क्रम सुरु हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);