ललितपुर, २८ जेठ । ललितपुरस्थित जावलाखेलमा ‘विज्ञान सडक मेला’ सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सर्वसाधारणलाई समेत विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासका नयाँ–नयाँ अवधारणाबारे जानकारी दिने उद्देश्यका साथ सो मेला आयोजना गरेको हो ।
मंगलबार एक कार्यक्रमकाबीच सो मेलाको उद्घाटन गर्दै कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले जनताको जीवनमा समृद्धि ल्याउने गरी खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्न वैज्ञानिकहरुलाई आग्रह गर्नु भयो ।
उहाँले जनताका लागि उपयोगी नहुने ज्ञान तथा विज्ञानको कुनै पनि अर्थमा काम नहुने पनि स्पष्ट पार्नु भयो । कार्यबहाक प्रधानमन्त्री पोखरेलले सरकारले विदेशमा रहेका नेपाली वैज्ञानिकहरुको ज्ञान, सीप र दक्षताको स्वदेशमै उपयोग गर्न जोड दिएको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री गणेश साहले विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्नका लागि आश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको थियो ।




