सरकारको काम, कार्वाहीप्रति महिला तथा सामाजिक समिति सन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारको काम, कार्वाहीप्रति महिला तथा सामाजिक समिति सन्तुष्ट

संघीय संसदको महिला तथा सामाजिक समिति

काठमाडौं, २८ जेठ । संघीय संसदको महिला तथा सामाजिक समितिले सरकारको काम, कार्वाहीप्रति सन्तुष्टि जनाएको छ । समितिले तयार पारेको वार्षिक प्रतिवेदनको मस्यौदामा दिइएको निर्देशनको पूर्ण पालना भएको भन्दै सरकारको काम कार्वाहीप्रति सन्तुष्टि जनाइएको उल्लेख गरिएको हो ।

समितिको मंगलबार बसेको बैठकमा सो मस्यौदा प्रतिवेदनमाथिको छलफल शुभारम्भ गर्दै समितीकी सभापति निरुदेवी पालले समितिबाट दिइएको निर्देशन सरकारले पूर्ण रुपमा पालना गरेको दावी गर्नु भयो ।

उहाँले पशुपति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई नागरिकताको व्यवस्था गर्न दिइएको निर्देशन पनि सरकारले कार्यान्वयनमा ल्याएको पनि स्मरण गराउनु भयो । त्यसैगरी समितिले छाउपडी प्रथाको अन्त्य गर्न, नक्सालस्थित बाल मन्दिरको उचित व्यवस्था गर्न दिएको निर्देशन पनि सरकारले कार्यान्वयनमा ल्याएको जानकारी गराएको छ । सरकारलाई महिला हिंसा अन्त्यका लागि अभियान संचालन गर्न दिएको निर्देशन पनि पालना गरेको समितिको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);