हत्यामा संलग्न देवीरमण अधिकारी १९ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हत्यामा संलग्न देवीरमण अधिकारी १९ वर्षपछि पक्राउ

काठमाडौं, २७ जेठ । भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले हत्यामा संलग्न देवीरमण अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीले २०५७ असार ८ गते आफुले काम गरेको घरकै घरपेटी ३३ वर्षीया विजेश्वरीको प्रजापतिको हत्या गरेका थिए । हत्यारा भनिएका अधिकारी त्यसबेला प्रजापतीको घरमा घरेलु कामदारको रुपमा काम गर्थे ।

हत्या गÞर्नु अघि अधिकारी र बिजेस्वरी प्रजापतिबीच काम बापतको तलबका विषयमा वादविवाद भएको थियो । आफुले काम गरेको पैसा दिन आनाकानी गरेको रिसमा प्रजापतीको हत्या गरेर अधिकारी फरार भएका थिए ।

हत्या पछि नेपाल र भारतमा लुकिछिपि बस्दै आएका अधिकारीलाई प्रहरीले नेपाल भारतको सीमा नजिक बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरिले बताएको छ । पक्राउ परेका अधिकारीलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);