संघीय संसद भवन निर्माण कार्यमा भईरहेको ढिलाईप्रति सभामुख असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

संघीय संसद भवन निर्माण कार्यमा भईरहेको ढिलाईप्रति सभामुख असन्तुष्ट

काठमाडौं, २७ जेठ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय संसद भवन निर्माण कार्यमा भईरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । सभामुख महराले एक वर्ष अघि सरकारले सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद भवन निर्माणका लागि बजेट विनियोजन गरेपनि त्यसको निर्माण कार्य अझै अघि बढ्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

प्रक्रियामा हुन जाने ढिलाईलाई अन्त्य नगर्ने हो भने नेपालको विकास, निर्माण कार्यले गति लिन नसक्ने सभामुख महराको भनाई छ । सभामुख महराले प्रक्रियामा हुने ढिलाईका कारण नै नेपालमा विदेशी लगानी भित्र्याउन समस्या भईरहेको पनि स्पष्ट पार्नु भयो ।

सभामुख महराले बजेट कार्यान्वयनका लागि पनि कानुनी जटिलता देखिएको उल्लेख गर्दै त्यसलाई हटाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);